काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाहरु उपलव्ध गराउनका लागि बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखाको उद्घाटन गरेको छ । राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा राजापुर शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य…