Logo

हामी फेरियौं (सम्पादकीय)

हो, हामी फेरियौं । हिजोसम्म जुन् स्वरुपमा बिजखबर डट कम सञ्चालनमा थियो आजदेखि त्यो फेरिएको छ । समय र प्रविधिसँगै यसको परिवर्तनलाई बिजखबरले आत्मसाथ गर्दै नयाँ डिजाइन र प्रविधिमैत्री स्वरुपमा पाठकसामु उपस्थित भएको हो । हाम्रो प्रयास पाठकको अध्ययन अझ सहज बनोस भन्नेमा केन्द्रित छ । त्यसैले डिजाइन अझ खुला र आकर्षक बनाउँदै डिजिटल सञ्चार माध्यमका नविनतम उपलब्धीलाई पनि प्रयोग गर्न सकिने गरी यसको समग्र स्वरुपमै परिवर्तन गरिएको हो ।

बिज मिडिया प्रालि अन्तर्गत सञ्चालित बिजखबर डट कम विगत तीन बर्षदेखि नेपालको आर्थिक क्षेत्रको समाचार प्रकाशन/प्रसारणमा प्रतिबद्ध न्युज पोर्टल हो । बिजखबरले पाठकको चाहनालाई प्राथमिकतामा राख्दै त्यसै अनुसारका विषयबस्तुको उठान गर्दै आएको छ । व्यावसायिकताप्रतिको यसको प्रतिबद्धताकै कारण समग्र पाठक वर्गको विश्वासिलो ‘बिजनेस अनलाइन’ को रुपमा नेपालमा अग्रपक्तिमा यो स्थापित छ । समाचारमा सञ्चारमाध्यमको धारणा र स्वार्थ हुनुहँदैन भन्ने मान्यतामा बिजखबर अडिग छ । यी सबै मान्यताबीच अनलाइन सञ्चार माध्यमका रुपमा यसमा भइरहने परिवर्तनलाई बिजखबरले पछिल्लो पटक आफ्नो स्वरुप परिवर्तन गरेर प्रविधिसँगको समायोजन गर्दै पाठकसामु आफूलाई उभ्याएको हो । अनलाइन सञ्चार माध्यमका रुपमा विषयबस्तु पछि यसको स्वरुपले पनि महत्वपूर्ण अर्थ राख्ने भएकोले नै हामी फेरिएका हौं ।

सञ्चार माध्यमको ‘अक्सिजन’ यसका पाठकवर्गको प्रतिक्रिया हो । हामी फेरिएको पनि पाठकवर्गकै सहजताको लागि हो । हाम्रो नयाँ स्वरुप प्रतिको यहाँको प्रतिक्रियाको लागि हामी आतुर छौं । बिजखबर डट कमलाई सधै सकारात्मक उत्पे्ररणा प्रदान गर्नुहुने यसका शुभेच्छुक र विज्ञापनदाताको प्रतिक्रिया पनि यसमा उत्तिकै आवश्यक छ । सञ्चालन अवधिदेखि अहिलेसम्म बिजखबरलाई साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं र अबको यात्रामा पनि यस्तै साथ रहनेछ भन्ने अपेक्षा राखेका छौं । समय र आवश्यकता अनुसार बिजखबर डट कम अझ परिष्कृत र फेरिदैं जाने नै छ ।

प्रतिक्रिया दिनुहोस्