Logo

पुनः बढ्यो हवाईभाडा, अब कहाँ पुग्न कति लाग्छ ?

पुनः बढ्यो हवाईभाडा, अब कहाँ पुग्न कति लाग्छ ?



काठमाडौं । वायुसेवा संचालक संघले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाई सेवा कम्पनीहरुको इन्धन सरचार्ज बढेपछि हवाई भाडा पनि बढेको हो ।

संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २ सय २० रुपैयाँले भाडा बढेको छ । भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । हवाई सेवाको भाडा हवाई इन्धनको खपत, संचालन खर्चलगायत जोडेर निकालिन्छ । त्यसमा सबैभन्दा ठुलो हिस्सा इन्धनको खपतको हुन्छ ।

वायुसेवा कम्पनीहरुले लामो दूरीका लागि बढी इन्धन लाग्ने र छोटोका लागि कम इन्धन लाग्ने प्रणालीलाई आत्मसात गर्र्दै भाडामा इन्धन सरचार्जको जोडेका हुन्छन् । पछिल्लो समय नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपयाँले बढाएर १ सय ९० रुपैयाँ प्रतिलिटर पुर्याएपछि हवाईभाडा पनि दूरीअनुसार बढेको हो ।

यस्तो छ बढेको भाडादर :

प्रतिक्रिया दिनुहोस्
MBL