Logo

अर्थमन्त्रीमाथि छानबिन गर्न विशेष संसदीय समिति गठन, संसदबाटै अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्रीमाथि छानबिन गर्न विशेष संसदीय समिति गठन, संसदबाटै अर्थमन्त्री शर्माले दिए राजीनामा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । उनीमाथि बजेटमा करका दरहेरफेर गरी आर्थिक अपराध गरेको आरोप लागेसँगै सभामुख अग्नी सापकोटाले ११ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरेका थिए । सोसँगै अर्थमन्त्री शर्माले संसदमा आफ्नो मन्तव्य राख्दै पदबाट राजीनमा दिएका हुन् ।

laxmi

बजेट निर्माणको क्रममा मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराई बजेटमा करका दर हेरफेरको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको हो । बुधबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठकमा ११ सदस्यीय समिति घोषणा गरेका हुन ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

सहमति अनुसार ११ सदस्यीय समितिमा एमालेबाट ४ जना, कांग्रेस र माओवादीबाट २र२ र गरी ४ जना र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १र१ जना सदस्य रहेका छन । समितिको संयोजक समितिले नै तोक्ने छ भने समितिले १० दिनमा आफ्नो प्रतिवेदन सभामुखलाइ पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL