Logo

राजीनामा दिने तयारीमा अर्थमन्त्री शर्मा, बर्षमानले पाउलान त जिम्मेवारी ?

राजीनामा दिने तयारीमा अर्थमन्त्री शर्मा, बर्षमानले पाउलान त जिम्मेवारी ?



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने भएका छन् । पछिल्लो समय बजेट निर्माणका क्रममा अनिमियतिता गरेको भन्दै चर्को विरोध भएपछि उनले पदबाट राजीनामा दिन लागेका हुन् ।

laxmi

यसअघि उनलाई अर्थमन्त्रीबाट हटाउन माओवादी केन्द्रकै एक खेमा लागेको थियो । तर, अहिले शर्माले आफुमाथि बजेट निर्माणको क्रममा अनिमियतताको आरोप लागेको अवस्थामा पार्टी महासचिवको जिम्मेवारी लिएर अर्थमन्त्रीबाट राजीनामा दिन लागेको उनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

शर्माले पदबाट राजीनामा दिएपछि माओवादी केन्द्रले उनको ठाउँमा बर्षमान पुनलाई पठाउने तयारी गरेको छ । तर, शर्माको राजीनामा पछि अर्थमन्त्री माओवादीलाई नै दिनेकि सत्ता साझेदार नेपाली कांग्रेसले लिने भन्ने विषयमा समेत छलफल भैरहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL