Logo

Global_Ime

नाडाका प्रतिनिधि र प्रधानमन्त्रीबीच भेट, सवारी साधनहरुको आयात प्रतिवन्ध हटाउन सकारात्मक

नाडाका प्रतिनिधि र प्रधानमन्त्रीबीच भेट, सवारी साधनहरुको आयात प्रतिवन्ध हटाउन सकारात्मक



काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासंग भेट गरेको छ । बुधबार गरिएको भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन सकारात्मक रहेको बताएका छन् । यस्तै प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अव नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढदो व्यापार घाटा कम गर्न सुझाव समेत दिएका छन् ।

Laxmi_sunrise
Kumari

उक्त भेटघाट तथा छलफलमा नाडाका अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौ बस्तुहरु सवारीसाधनले मात्रै आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्याउने गरेको बताए । उनले उक्त तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत बताए । यसै यथार्थताहरुलाई मनन गर्दे कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन उनले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गरि दिन आग्रह गरेका छन् । सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC