Logo

बजेट प्रकरणमा अर्थमन्त्री शर्मामाथि छानबिन, ११ सदस्यीय संसदीय समिति बन्ने

बजेट प्रकरणमा अर्थमन्त्री शर्मामाथि छानबिन, ११ सदस्यीय संसदीय समिति बन्ने



काठमाडौं । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन हुने भएको छ । अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भ ।समिति बनाउन लागिएको हो ।

laxmi

संसदीय छानबिन सहमति बनाउने सहमति भएको लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा बस्ने सदस्यको नामावली तयारी हुँदैछ ।

सहमति अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ जना गरी ११ सदस्सीय छानबिन समिति बनाउन लागिएको हो ।

यसअघि अर्थमन्त्रीको राजीनामाको माग गरेको एमालेले समिति बनाउनु भनेको राजीनामा सरह भएको बताएको छ । एमाले सांसद योगेश भट्टराईले छानबिन समिति बनाएर अर्थमन्त्री शर्माले गरेको काम कारबाहीमाथि सांसदहरूले अनुसन्धान गर्ने बताए । ।

प्रतिक्रिया दिनुहोस्
MBL