Logo

अप्पर सोलु हाइड्रोको आईपीओमा आवदेन दिने आज अन्तिम दिन, बुधबारसम्म मागभन्दा ७ गुणा बढी आवेदन

अप्पर सोलु हाइड्रोको आईपीओमा आवदेन दिने आज अन्तिम दिन, बुधबारसम्म मागभन्दा ७ गुणा बढी आवेदन



काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने असार २३ गते बिहीवार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधिभित्र मात्र आईपीओ विक्री गर्न लागेको हो ।

laxmi

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साँझ ५ बजेसम्म ११ लाख ९ हजार ७६२ जनाले १ करोड २८ लाख ४६ हजार ९९० कित्ता आईपीओ खरीदको माग गरेका छन् । जुन मागभन्दा ७ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रू। १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा वितरण गर्न लागेको रू। १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये कम्पनीले २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धककम एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताले आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणाली मार्फत पूर्ण रुपमा विक्री भैरहेको हो ।

हाल कम्पनीमा संस्थापकतर्फ चुक्ताभएको ७५ दशमलव ५ प्रतिशत शेयरपूँजी रू १ अर्ब १ करोड ९२ लाख ५० हजार छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणमा १४ दशमलव ५ प्रतिशत शेयर जारी गरेको हो ।

सर्वसाधारणलाई समेत शेयर विक्री गरी बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू १ अर्ब ३५ करोड पुग्नेछ । यस कम्पनीको आर्थिक वर्ष ०७७र७७ सम्म सञ्चित नाफा रू ८ करोड ३६ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू। ४ दशमलव २१ र प्रतिशेयर नेटवर्थ रू १०८ दशमलव २१ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL