Logo

अन्तिममा दोहोरो अंकले उकालो लाग्यो बजार, कारोबार रकम २ अर्ब १७ करोडमै सिमित

अन्तिममा दोहोरो अंकले उकालो लाग्यो बजार, कारोबार रकम २ अर्ब १७ करोडमै सिमित



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा सुरु गरेको नेप्से परिसुचक अन्तिम समयमा भने १३.३३ अंकले बढेको हो ।

laxmi

बजार दोहोरो अंकले बढ्दा बैंकिङ, निर्जीवन बीमा र म्युचुअल फण्डबाहेकका सबै समुहका परिसुचक उकालो लागेका छन् । आज दिनभर भएको कारोबारमा २ सय २८ कम्पनीका ६२ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँमै सिमित भएको छ । केहि दिनअघि कारोबार रकम साढे ४ अर्बसम्म पुगेको थियो ।

आज उकालो लाग्ने समुहमध्ये सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक उकालो लागेको छ । आज जीवन बीमा समुहको परिसुचक २६६ अंकले उकालो लाग्दा विकास बैंक समुहको परिसुचक ७२ अंकले उकालो लागेको छ । यस्तै आज वित्त समुहको परिसुचक ४२ अंकले उकालो लाग्दा जलविद्युत समुहको परिसुचकमा ३३ अंकको वृद्धि देखिएको छ ।

बजार दोहोरो अंकले उकालो लाग्दा सीवाइसी नेपाल लघुवित्त र एलआइसी नेपालको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL