काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स ग्रुपले भ्यान बिक्रीमा आक्रामक सुरुवात गरेको छ । कम्पनीले भित्र्याएका १४ सिटे विद्युतीय भ्यानप्रति प्रारम्भिक दिनमै व्यवसायीको आकर्षण बढेको पाइएको छ । नेपालको सडकको अवस्था तथा सेवाग्राहीको आवश्यकतालाई मनन गर्दै लामो समयको अध्ययन अनुसन्धानपछि जुबाओ विद्युतीय भ्यान भित्र्याएको आर्क्स ग्रुपले पहिलोपटक १८ वटा भ्यान एउटै…