Logo

नयाँ आर्थिक बर्षको पहिलो दिनमै सेयर लगानीकर्ता मालामाल, १६ अर्ब बढीको कारोबार

नयाँ आर्थिक बर्षको पहिलो दिनमै सेयर लगानीकर्ता मालामाल, १६ अर्ब बढीको कारोबार



काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो दिनमै सेयर बजारमा हरियाली छाएको छ । कारोबार समयको सुरुवातदेखि नै लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज अन्तिम समयमा ७५.८४ अंकले बढ्दै २८ सय ७० को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय ११ कम्पनीका ३ करोड ८६ लाख ३४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँ माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये २ सय ३९ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिँदा ९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरमुल्य बढेकामध्ये ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This