Logo

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा, यो सकारात्मक थालनी हो : प्रधानमन्त्री

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा, यो सकारात्मक थालनी हो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आज सामाजिक सञ्जालमा उनले तोकिएको समयमा ठेकेदार कम्पनीले रङ्गशाला निर्माण सम्पन्न नगरेकाले अहिले हर्जना तिर्दै काम अघि बढाइरहेको उल्लेख गरेका छन् ।

‘तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ । तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड तथा पुरस्कारको व्यवस्था गरेको छ, यो सकारात्मक थालनी हो’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सरकारी निर्माणसम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्