काठमाडौं । अबदेखि विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ल्याएको उक्त व्यवस्थालाई एकीकृत परिपत्र २०८१ संशोधन गर्दै कार्यान्वयनमा ल्याएको हो ।
भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई यो व्यवस्था लागू हुने केन्द्रीय बैंकले जनाएको छ । यसअघि विदेश जाने नेपाली नागरिकलाई २ हजार ५ सय डलर सम्म सटहीको सुविधा थियो ।