Logo

सहकारीका ८ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, समस्याग्रस्त सहकारीहरूबाट २९ करोड असुल

सहकारीका ८ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, समस्याग्रस्त सहकारीहरूबाट २९ करोड असुल



काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूमा ऋण लिएका तर पटक–पटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेका ८ हजारभन्दा बढी ऋणीहरूको बैंक खाता र अचल सम्पत्ति रोक्का गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार, ती ऋणीहरूबाट हालसम्म २९ करोड रुपैयाँको ऋण असुल गरिएको छ। पाँच वटा सहकारी मार्ट र ४८ सेवा केन्द्रहरूको व्यवस्थापन भइसकेको उनले जानकारी दिए।

हालसम्म २३ वटा सहकारी संस्था समस्याग्रस्त घोषण भएका छन्। तीमध्ये पाँचवटा सहकारीको दायित्व र सम्पत्ति व्यवस्थापनको प्रक्रिया पूरा भइसकेको छ भने बाँकी १८ वटा सहकारीको प्रक्रिया बाँकी रहेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयमार्फत हालसम्म ८ हजार ९८८ जना दाबीकर्ताहरूलाई बचत रकम फिर्ता गरिएको छ। कुल ६१ हजार ९४ दाबीकर्तामध्ये बाँकीको फर्छ्यौट प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको दायित्व हिसाब मिलान भई फर्छ्यौट गरिएको छ। यस्तै, सहकारी विभागमार्फत ४० वटा सहकारी संस्थाहरूको सघन अनुगमन गरी कमजोरी सच्याउन निर्देशन दिइएको छ।

कोपोसिम प्रणालीमा आर्थिक वर्ष २०८१/८२ मा मात्र १ हजार ४९३ सहकारी संस्थाहरू थप भई हालसम्म १९ हजार १८९ सहकारी आबद्ध भइसकेका छन्।

मन्त्री अधिकारीका अनुसार, पीडितको बचत रकम छिटो फिर्ता गर्न र दायित्व मिलान प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्यसहित कार्य योजना तयार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This