बिजखबर संबाददाता १९ साउन, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि कम्पनीले हवाई भाडा घटाएका हुन् । नयाँ भाडा साउन २२ गतेदेखि लागू हुने वायुसेवा सञ्चालक संघको प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । वायुसेवा सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो…