Logo

फोर्ड एस्पायरको बुकिङ खुल्ला, बुकिङका लागि रू. १ लाख बुझाउनुपर्ने

फोर्ड एस्पायरको बुकिङ खुल्ला, बुकिङका लागि रू. १ लाख बुझाउनुपर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१८ साउन,काठमाडौं । फोर्डको सोमवारदेखि बहुप्रतिक्षित कार फिगो एस्पायरको बुकिङ खुला गर्ने भएको छ । कम्पनीद्वारा आइतवार जारी विज्ञप्ति अनुसार अगष्ट ३ तारिखदेखि फोर्ड फिगो एस्पायरको अग्रिम बुकिङ नेपालमा शुरू गर्न लागेको हो ।

पेट्रोल र डिजेल दुवै प्रकारका इञ्जिनमा फरकफरक दुई क्षमताका मोडल र सात नयाँ रङमा सो कार उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यो कार अन्यभन्दा स्तरीय ड्राइभर तथा प्यासेञ्जर एयरब्यागसहितको हुने दाबी कम्पनीको छ ।

कम्पनीका अनुसार ग्राहकले उक्त कार बुकिङका लागि न्यूनतम रू. १ लाख बुझाउनुपर्ने कम्पनीको भनाइ छ । हाल सो कारको मूल्य भने सार्वजनिक भएको छैन ।

तर मूल्य तोकेपछी असहमति भएमा बुकिङकर्ताले बुकिङ रद्ध गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL