Logo

डाबरको रियल वेलनेज जुस बजारमा, मूल्य रु २ सय २५

डाबरको रियल वेलनेज जुस बजारमा, मूल्य रु २ सय २५


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१९ साउन,काठमाडौं । डाबर नेपालले रियल वेलनेज जुस बजारमा ल्याएको छ ।

नेपालको जुस निर्माता कम्पनी डाबरको यो जुसमा प्रिजर्भे्टिभ तथा चिनी नमिसाइएको कम्पनीको दावी छ । साथै यी उत्पादन स्वास्थ्यवर्धक, स्वादिष्ट एवम् पौष्टिक रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विशेष गरी स्वास्थयप्रति सचेत उपभोक्ताहरुको आवश्यकता पुरा गर्न रियल वेलनेज सहयोगी हुने डाबर नेपालका प्रमुख बजार व्यवस्थापक अभय गोर्खालीले बताए । हाल १ लिटरको प्याकमा जामुनको स्वादमा उपलब्ध रियल वेलनेजको बजार मूल्य २ सय २५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL