Logo

जुत्ताचप्पलको समरसेल हुँदै, विक्रीमा रु. १ सय देखि ३ हजारसम्मका जुत्ता

जुत्ताचप्पलको समरसेल हुँदै, विक्रीमा रु. १ सय देखि ३ हजारसम्मका जुत्ता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१८ साउन,काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा राजधानीको जमल, महाराजगञ्ज र कुमारीपाटीका शोरुमहरुमा समरसेल मेला हुने भएको छ ।

समर सेल साउन २१ गते देखि सिमित अवधिसम्मको लागि सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ । सेलमा नेपाली जुत्ताघर अन्र्तगत नेपालका चर्चित एवं बं्राण्डेड जुत्ता उत्पादक कम्पनीहरु बी.एफ.डियर हिल सुज, शिखर सुज, क्रस रोड, स्काई सुज, टाकुरा सुज, कोसेली छाला जुत्तालगायतको सहभागिता रहने छ ।

मेलामा गर्मीे यामलाई लक्षित गरि विभिन्न जुत्ता\चप्पलहरुमा भारी छुट दिइने छ । मेलामा रु. १ सय देखि ३ हजार रुपैयाँ सम्मका जुत्ता तथा चप्पलहरु विक्रीमा राखिने बताइएको छ ।
कम्पनीहरुले जुत्ता तथा चप्पलको खुद्रा मुल्यमा ७० प्रतिशतसम्म छुट दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL