Logo

आन्तरिक वायुसेवाको हवाई भाडा घट्यो, नयाँ भाडा साउन २२ देखि लागु हुने

आन्तरिक वायुसेवाको हवाई भाडा घट्यो, नयाँ भाडा साउन २२ देखि लागु हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१९ साउन, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि कम्पनीले हवाई भाडा घटाएका हुन् ।

नयाँ भाडा साउन २२ गतेदेखि लागू हुने वायुसेवा सञ्चालक संघको प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । वायुसेवा सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । निगमले हवाइ इन्धनको शुल्क घटाएकोले यात्रुलाई इन्धनबापत लिइँदै आएको शुल्क घटाएको उनले जानकारी दिए ।

निणर्यअनुसार काठमाडौंबाट सिमरामा प्रतियात्रु १ सय ६८ रुपैयाँ ७५ पैसा घटाइएको छ । त्यस्तै धनगढीमा ५ सय ८१ रुपैयाँ २५ पैसा घटाइएको छ । काठमाडौंबाट भरतपुर १ सय ९६ रुपैयाँ, जनकपुर २ सय २५ रुपैयाँ, विराटनगर ३ सय ४६ रुपैयाँ बटाइएको छ ।
निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो ।

हाल हवाइ इन्धनको मूल्य १ सय१८ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL