काठमाडौँ । एनआईसी एशिया बैंकले ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । यस बैंकले आफ्ना ग्राहकहरूको उत्कृष्ट फोटोलाई २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नुका साथै उक्त उत्कृस्ट फोटो भएकालाई बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको बैंकले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरुले मौसम, आशा र पोजेटिभिटी, जिवनशैली र दोस्ती विधाहरूमा…