Logo

सिभिल बैंक लिमिटेडको दशौं वार्षिकोत्सव, विभिन्न सामाजिक कार्यक्रमका साथ सम्पन्न

सिभिल बैंक लिमिटेडको दशौं वार्षिकोत्सव, विभिन्न सामाजिक कार्यक्रमका साथ सम्पन्न



काठमाडौँ । सिभिल बैंक लिमिटेडले  दशौं वार्षिकोत्सव विभिन्न कार्येक्रमको साथ सम्पन्न गरको छ । वार्षिकोत्सवको अवसरमा बैंकले  “म एक जिम्मेवार सिभिलियन” नारा सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै  विविध कार्यक्रमहरुको आयोजना गरी दशौं वार्षिकोत्सव मनाएको छ ।

laxmi

कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुद्वारा  प्रतिवद्दताको साथसाथै बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरी कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क दश छाक भोजनको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

उक्त उपलक्ष्यमा बैंकले मातातिर्थ स्थित मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेका छन् ।

दशौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेबनाइनर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL