Logo

नेप्से ६५ अंकले बढ्दा परिसूचक १९०० नजिक, लगानीकर्ता भन्छन्–बजार दिगो हुँदैन, तर कमाउने समय यही हो

नेप्से ६५ अंकले बढ्दा परिसूचक १९०० नजिक, लगानीकर्ता भन्छन्–बजार दिगो हुँदैन, तर कमाउने समय यही हो



काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजार दैनिक रुपमा दोहोरो अंकले बढेपनि बजारको वृद्धि भने दिगो नहुने लगानीकर्ताहरुले बताएका छन् । नेप्सेमा प्रतिनिधित्व गर्ने मुख्य कम्पनीहरुभन्दा पनि साना र सिमित कम्पनीको सेयरमा लगानीकर्ताहरुले खेलेका कारण बजार बढाइएपछि बजार दिगो नहुने बताएका हुन् ।

laxmi

अहिलेको बजारको बढाई दिगो भन्दा पनि सेयर कर्नरिङ तथा सूचनाको पासोमा पारेर लगानीकर्ता फसाउने काम भइरहेको समेत एक लगानीकर्ताले जानकारी दिए । ‘अहिलेको बजार सिमित लगानीकर्ताको पहुँचमा चलिरहेको र त्यसैको पछिपछि साधारण लगानीकर्ता पनि लागेका छन्,’ ती लगानीकर्ता भने, ‘बजार कहाँ पुगेका क्रयास हुने हो थाहा छैन त्यसपछि धेरै लगानीकर्ता समस्यामा पर्नेछन् ।’
बजारमा सानो सेयर भएको साल्ट ट्रेडिङजस्ता कम्पनीको सेयर कर्नरिङ तथा लामो समयदेखि साधारणसभा नै नभएको कम्पनीको सेयर मूल्य दैनिकजसो १० प्रतिशतले बढ्नु नै बजारमा दिगोपना नहुनको मुख्य कारण भएको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘बजारमा सेयरको मूल्य वृद्धिभन्दा पनि लामो समयसम्म एउटै कम्पनीको सेयरमा चलखेल हुँदा नियामक निकाय मुखदर्शक भएर बस्तु अर्को रोचक पक्ष भएको छ,’ एक लगानीकर्ताले भने, ‘लामो समयसम्म बजारमा चलखेल हुँदा पनि नियाकमले किन चासो दिएको छैन यस विषयमा हामी लगानीकर्ताले अचम्मित भएका छौं ।’

बुधबार ६५ अंकले बढेको बजारमा ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । जसमा १९६ कम्पनीको १ करोड ४७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । दिनभर ६४ दशमलव ७० अंकले बढेको बजारमा होटल समुहका परिसुचक भने घटेको हो ।

बुधबार बजार निर्जीवन बीमा समुहको परिसुचक ३१६ अंकले बढेको छ भने उत्पादनमुलक समुहको परिसुचकमा पनि ३०० अंकको वृद्धि भएको छ । जीवन बीमा समुहको परिसुचक १९० अंकले बढ्दा बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि ४० अंकको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL