Logo

बुधबार थपिए कोरोनाका १९४८ संक्रमित, २८ जनाले गुमाए ज्यान

बुधबार थपिए कोरोनाका १९४८ संक्रमित, २८ जनाले गुमाए ज्यान



काठमाडौं । बुधबार नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमणबाट २८ जनाले ज्यान गुमाएका छन्। साथै ३ हजार १ सय ४० जना निको भई घर फर्किएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २ लाख २६ हजार २६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७ हजार ९ सय ९८ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट १ हजार ३ सय ८९ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL