Logo

एनआईसी एशिया बैंकद्वारा ‘फोटो-पात्रो २०७८’ प्रतियोगिता आयोजना, उत्कृष्ट फोटोलाई क्यालेण्डरमा प्रकाशनसहित नगद पुरस्कार

एनआईसी एशिया बैंकद्वारा ‘फोटो-पात्रो २०७८’ प्रतियोगिता आयोजना, उत्कृष्ट फोटोलाई क्यालेण्डरमा प्रकाशनसहित नगद पुरस्कार



काठमाडौँ । एनआईसी एशिया बैंकले ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ ।

laxmi

यस बैंकले आफ्ना ग्राहकहरूको उत्कृष्ट  फोटोलाई २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नुका साथै उक्त  उत्कृस्ट फोटो भएकालाई  बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको बैंकले जनाएको छ । 

यस प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरुले मौसम, आशा र पोजेटिभिटी, जिवनशैली र दोस्ती विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नेछन् भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी  एन आई सी एशिया बैंकको  लिंकमा अपलोड गर्नुपर्नेछ ।

प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नुका साथै दश  हजार  नगद रकम पुरस्कार समेत  प्रदान गरिने व्यवस्था गरिएको छ  । 

प्रतियोगितामा फोटो कम्तीमा ५४००* ८३६०० पिक्सल, साइज (इन्च) १८८१२, रिजोलुसन ३०० डिपिआइ  र ल्याण्डस्केप हुनु पर्नेछ । साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालको माध्यम बाट फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL