काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नरोकिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर शाहले किशोर प्रधान समुहलाई सहयोग पुर्याउने गरी आसन्न निर्वाचन रोक्न सर्वोच्च अदालतमा मुद्दा हालेपनि अदालतले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्र्रसाद ढकालको पक्षमा फैसला गरेपछि निर्वाचन नरोकिने भएको हो । शेखर गोल्छा समूह भनेर घोषणा गरिएको…