Logo

३ महिनामा भित्रियो २ खर्ब ५८ अर्व रेमिट्यान्स, गत आवको तुलनामा १२ प्रतिशतले बढ्यो

३ महिनामा भित्रियो २ खर्ब ५८ अर्व रेमिट्यान्स, गत आवको तुलनामा १२ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक बर्ष २०७७–७८ को पहिलो ३ महिनामा नेपालमा २ खर्ब ५८ अर्व बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ३ महिनामा मात्रै विभिन्न देशहरुबाट २ खर्ब ५८ अर्व ८६ करोड रुपैयाँ विप्रेषण भित्रिएको हो । गत आवको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ५ दशमलव १ प्रतिशतले घटेको थियो ।

laxmi

बैंकको तथ्यांकअनुसार यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्किृति लिने नेपालको संख्या भने गत बर्षको तुलनामा ९६ दशमलव ८ प्रतिशतले घटेको छ । यसरी श्रम स्विकृति लिनेको संख्यामा गिरावट आएपनि विप्रेषण आप्रवाहमा भने उल्लेख्य वृद्धि भएको पाईएको छ ।

यस्तो श्रम स्विकृति लिनेको संख्या गत बर्षको सोही अवधिमा ३ प्रतिशतले घटेको थियो । यस्तै यस अवधिमा पुनः श्रम स्विकृति लिने नेपालको संख्या पनि ७८ दशमलव ६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL