Logo

कोरोना कहरबीच वैदेशिक व्यापार : ३ महिनामा १४ प्रतिशतले बढ्यो निर्यात

कोरोना कहरबीच वैदेशिक व्यापार : ३ महिनामा १४ प्रतिशतले बढ्यो निर्यात



काठमाडौं । सुधारोन्मुख रहेको नेपालको वैदेशिक व्यापारले कोरोना कहरका बीच पनि सुधारको बाटो पछ्याएको छ । चालु आर्थिक बर्ष २०७७–७८ को पहिलो ३ महिनामा नेपालको निर्यात व्यापारमा १४ दशमलव ३ प्रतिशतको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ३ महिनामा मात्रै नेपालले ३१ अर्ब ५ करोड रुपैयाँ बराबरको मालवस्तुको निर्यात गरेको छ ।

तथ्यांकअनुसार उक्त निर्यात गत बर्षको सोही अवधिको तुलनामा १४ दशमलव ३ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा नेपालको निर्यात व्यापार १४ दशमलव ४ प्रतिशतले बढेको थियो । यस अवधिमा नेपालले सबैभन्दा बढी वस्तु भारतमा निकासी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार भारत र अन्य मुलुकसँगको निर्यात व्यापार क्रमशः १९ दशमलव ४ र ७ दशमलव ४ प्रतिशतले बढेपनि चीनतर्फको निर्यात भने ५३ प्रतिशतले घटेको छ । यसअवधिमा नेपालबाट जुटका सामान, धागो, चाउचाउ, अलैंची, पश्मिनालगायतको निर्यात उल्लेख्य मात्रामा भएको छ ।
यसरी नेपालको निर्यात व्यापार उकालो लाग्दा आयात व्यापारमा भने गिरावट आएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको पहिलो ३ महिनामा १० प्रतिशतले घटेको आयात चालु आवमा भने १२ प्रतिशतले ओरालो लागेको छ । निर्यात व्यापारलाई प्रोत्साहन र आयातलाई निरुत्साहित गर्ने सरकारी नीतिका कारण सवारीसाधनलगायतको आयात घट्दा आयातको व्यापारमा गिरावट आएको सम्बन्धीत विज्ञहरु बताउाछन् । यस अवधिमा नेपालले २ खर्ब ९२ अर्ब २७ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ ।

यस्तै चालु आवको ३ महिनामा व्यापारघाटामा १५ प्रतिशतको गिरावट आएको तथ्यांकमा उल्लेख छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा व्यापारघाटामा गिरावट आउँदा व्यापारघाटा २ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL