काठमाडौं । सुबिसु केवल नेट प्रालिले व्याण्डविथको समस्या समाधान गर्नका लागि टिकटक र आकामाईसँग सम्झौता गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै पछिल्लो केही हप्तादेखि आएको समस्या समाधानका लागि उक्त सम्झौता गरेको जनाएको छ । केही हप्ता पहिलेदेखि टिकटकका कारण व्याण्डविथ खपत चर्काे भएको ईन्टरनेटको स्पिडमा समस्या आएको सुबिसुले जानकारी दिएको छ ।…