Logo

युवा उद्यमी अजित वस्नेत महासंघको केन्द्रिय सदस्यमा विजयी, भन्छन्–युवा उद्यमशिलता विकासमा लाग्नेछु

युवा उद्यमी अजित वस्नेत महासंघको केन्द्रिय सदस्यमा विजयी, भन्छन्–युवा उद्यमशिलता विकासमा लाग्नेछु



काठमाडौं । युवा उद्यमी तथा एबी होल्डिङका अध्यक्ष देशबन्धु वस्नेत (अजित) नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा विजयी भएका छन् । युवा उद्यमी वस्नेत एशोसिएट्सतर्फको केन्द्रिय सदस्यमा विजयी भएका हुन् ।

laxmi

सार्क चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य समेत रहेका वस्नेतले ४७३ मत ल्याएर केन्द्रिय सदस्यमा विजयी भएका हुन् । उनी उद्योग वाणिज्य महासंघ काठमाडौका सल्लाहकार तथा महासंघ अन्तरगतकै लगानी प्रवद्र्धन समितिका सहसभापति समेत हुन् ।

वस्नेतको उद्योग, कृषि, स्वास्थ्य, पर्यटन, होटल, आयात व्यापारलगायतका क्षेत्रमा लगानी रहको छ । इटहरीको व्यवसायीक घरानाबाट उदायका वस्नेतले काठमाडौमा तारे होटल समेत संचालनमा ल्याउन लागेका छन् ।

महासंघका आफ्नो विजयीसँगै अबका दिनमा देशमा युवा उद्यमशिलता विकासका लागि सरकारसँग नीतिगत पहलमा लाग्ने समेत वस्नेतले बताए । ‘म महासंघमा सदस्य पदमा विजयी भएको छु संस्थाभित्र रहेर आफुलाई दिएको भुमिका जिम्मेवारी पूर्वक निर्वाह गर्दै उद्योगी व्यवसायीका हकहितका लागि सधै तत्पर रहनेछु,’ आफ्नो विजय पश्चात उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL