Logo

प्रतितोल छ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोल छ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ६ सयले घटेर प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको रु ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कायम भएको छ ।

यस्तै आइतबार चाँदीको मुल्य पनि तोलामा रु १५ ले घटेर प्रतितोला ११ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL