Logo

निजीक्षेत्रको विश्वासमा पूँजी बजार, हालसम्मकै सर्वाधिक मत ल्याएर अम्बिका पौडेल विजयी

निजीक्षेत्रको विश्वासमा पूँजी बजार, हालसम्मकै सर्वाधिक मत ल्याएर अम्बिका पौडेल विजयी



काडमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्स सदस्यमा हालसम्मकै सर्वाधिक मत ल्याएर अम्बिकाप्रसाद पौडेल विजयी भएका छन् । पौडेलेले एशोसिएट्सतर्फको कुल ९०३ मतमध्ये ८०२ मत ल्याएर विजयी भएका हुन् ।

पूँजी बजारलाई आफ्नो व्यवसायका रुपमा अंगाल्दै आएका पौडेललाई निजी क्षेत्रले सबैभन्दा विश्वासको रुपमा लिएका छन् । नेपाल इन्भेष्टर्स फोरममा पूर्व अध्यक्ष समेत रहेका पौडेल नेपाली पूँजी बजारका विश्लेषक तथा ठूला लगानीकर्ता हुन् ।

पौडेलेको विजयसँगै आगामी दिनमा नेपालको पूँजी बजारको वृद्धि तथा विकासका लागि थप सहयोग पुग्ने निजी क्षेत्रको विश्वास रहेको छ । निजी क्षत्रेले आफुलाई सर्वाधिक मत दिएर विजयी गराउनु नै पूँजी बजारप्रतिको विश्वास रहेको र आगामी दिनमा सेयर बजारमा देखिएका समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्दै नीतिगत सुधारमा लाग्ने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL