Logo

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालको प्रतिक्रिया-चुनावसँगै प्यानल सकियो, महासंघलाई बलियो र सबल बनाउन लाग्छु

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालको प्रतिक्रिया-चुनावसँगै प्यानल सकियो, महासंघलाई बलियो र सबल बनाउन लाग्छु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकालले चुनावी परिणामसँगै महासंघमा प्यानल सकिएको बताएका छन् । ​

laxmi

मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले यस्तो बताएका हुन् । उनले अब महासंघलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘अब चुनावसँगै प्यानल पनि सकियो’, ढकालले भने, ‘हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद ।’ महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल ढकाल निर्वाचित भएका हुन् । आइतबार बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् । महासंघको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो ।

महासंघको निर्वाचन समितिका अनुसार विजयी भएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाएका छन्।

यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त पाएका छन् भने ५० प्रतिशत मतभार रहेको जिल्ला÷नगरतर्फ ढकालले ५२ मत पाउँदा प्रधानले ५३ मत ल्याएका छन् ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४।२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५।७४ प्रतिशत मत प्राप्त गरेका छन् । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् ।

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । प्रधान समूहबाट भाग लिएका वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL