Logo

युनाइटेड इदी मर्दीको आईपिओ आज बाँडफाँड हुँदै, आवेदकमध्ये साढे चार लाख बढीले सेयर नपाउने

युनाइटेड इदी मर्दीको आईपिओ आज बाँडफाँड हुँदै, आवेदकमध्ये साढे चार लाख बढीले सेयर नपाउने



काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ आज आइतबार बाँडफाँड हुने भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको कम्पनीले मङ्सिर ३ गतेदेखि आइपीओ बिक्रि खुला गरेको थियो ।

laxmi

भोली क्यापिटलको कार्यलयमा आइतबार दिउँसो ४ बजे युनाइटेड इदी मर्दीको आइपीओ बाँडफाँड हुनेछ।

कम्पनीले सर्बसाधारणको निष्काशन गरेको ८ लाख १२ हजार ७ सय ३६ कित्ता शेयरका लागि ५ लाख ४२ हजार २ सय ६३ आवेदकबाट ९४ लाख करोड ९८ हजार ४०० कित्ताको लागि आवेदन परेको छ । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो ।

सर्वसाधाणलाई छुट्याइएको ८ लाख १२ हजार ७३६ कित्ता सेयरका आधारमा ८१ हजार २७३ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले मात्र आइपीओ हात पार्नेछन् । बाँकी ४ लाख ५९ हजार ९८९ जना आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL