काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले बढेर ९३ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।…