Logo

एनएमबि बैंकको नाफा २ अर्ब ७३ करोड, प्रतिशेयर आम्दानी पनि बढ्यो

एनएमबि बैंकको नाफा २ अर्ब ७३ करोड, प्रतिशेयर आम्दानी पनि बढ्यो



काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ७३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९.४२ प्रतिशत बढी हो । 

laxmi

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३२ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी २८.८१ प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको सञ्चालन मनुाफा ५६.४८ प्रतिशत बढेको छ । इम्पेरमेन्ट चार्ज १ अर्ब ६२ करोड ७१ लाख रुपैयाँबाट घटेर ३८ करोड ३४ लाख रुपैयाँमा झरेसँगै खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.०२ प्रतिशत बढेको छ भने जगेडा कोष ९.२४ प्रतिशत बढेको छ । बैंकको निक्षेप २४.८७ प्रतिशत र कर्जा ३०.५४ प्रतिशत बढेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४.४५ रुपैयाँ बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL