Logo

प्राइम कमर्सियल बैंकको नाफामा ४४ प्रतिशतको वृद्धि, वितरणयोग्य मुनाफा साढे २ अर्ब बढी

प्राइम कमर्सियल बैंकको नाफामा ४४ प्रतिशतको वृद्धि, वितरणयोग्य मुनाफा साढे २ अर्ब बढी



काठमाडौं ।  प्राइम कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.५६ प्रतिशत बढी हो ।

laxmi

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।  विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी अर्थात ईपीएस दुबै बढेको छ भने वितरणयोग्य मुनाफा साढे २ अर्ब नाघेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २८।२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५६.३२ प्रतिशत बढेको छ । 

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४३.७७ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ७६ करोड ६२ लाख रुपैयाँबाट बढेर ७७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ १४ पैसा बढेर २० रुपैयाँ २४ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा रहेको छ ।

गत आर्थिक वर्षमा १५ प्रतिशत बोनसशेयर वितरण गरी चुक्ता पूँजी बढाएको बैंकको जगेडा कोष समीक्षा अवधिमा ९।१३ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २९.०६ प्रतिशत र कर्जा २२.५९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL