Logo

अपि पावर कम्पनीको ८ मेगावाट क्षमताको परवानीपुर सोलार आयोजना, बैंक अफ काठमाण्डुले ४९.५ करोड लगानी गर्ने

अपि पावर कम्पनीको ८ मेगावाट क्षमताको परवानीपुर सोलार आयोजना, बैंक अफ काठमाण्डुले ४९.५ करोड लगानी गर्ने



काठमाडौं । अपि पावर कम्पनीले ८ मेगावाट क्षमताको ग्रिडमा आवद्ध परवानीपुर सोलार आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ ।

आयोनाको लागि ६४ करोड आवश्यक पर्ने र आयोजनामा बैंक अफ काठमाडाण्डूले ४९.५ करोड लगानी गर्ने भएको छ । यस आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहने अपि पावरले जनाएको छ । कम्पनीले यो आयोजना परवानीपुरमा निर्माण गरि उत्पादित विद्युत परवानीपुर सवस्टेसनमा प्रवाह गर्नेछ ।

आयोजनाको वित्तिय व्यवस्थापन सम्बन्धी सम्झौतामा कम्पनीका संजिव न्यौपाने र बैंक अफ काठमाण्डूका अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन् । आयोजना ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।

कम्पनीले यसअघि ४ महिनाभित्र ४ मे.वाको चन्द्रनिगाहापुर सोलार आयोजना सम्पन्न गरि ग्रिडमा प्रवाह गरिसकेको जनाएको छ । कम्पनीले १ मे.वा. क्षमताको सिमरा र १ मे.वा. क्षमताको ढल्केवर सोलार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा लगेको पनि जानकारी दिएको छ । कम्पनीले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण समेत तिव्र रुपमा गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL