काठमाडौं । नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय क्षेत्र प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र आक्रमण निन्दनिय रहेको जानकारी दिएको छ । बुधबार सुचना जारी गर्दै संघले बैंकको विर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति घोर आपत्ती जनाएको हो । संघले उक्त घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग राखेको छ…