Logo

अमेरिका र स्वीजरल्याण्डमा भन्दा मोबाइल डाटा नेपालमा सस्तो, २३७ देशमध्ये नेपाल ३७ औं स्थानमा

अमेरिका र स्वीजरल्याण्डमा भन्दा मोबाइल डाटा नेपालमा सस्तो, २३७ देशमध्ये नेपाल ३७ औं स्थानमा



काठमाडौं । विश्वमा सबैभन्दा कम मूल्यमा मोबाइल डाटा उपलब्ध गराउने देशहरुमध्ये नेपाल ३७ औं स्थानमा परेको छ । केवलडट युकेले भर्खरै जारी गरेको मोबाइल डाटासम्बन्धी तथ्यांकका अध्ययनमा समेटिएका २३७ देशमध्ये नेपाल मोबाइल डाटाको मूल्यको आधारमा ३७ औं स्थानमा छ । नेपालमा १ जीबी मोबाइल डाटाको औसत मूल्य ०.४३ डलर पर्छ । यो भनेको नेपालमा १ जीबी मोबाइल डाटाका लागि औसतमा ५७ रुपैयाँ खर्च गर्नुपर्छ । यो भनेको अमेरिका र स्वीजरल्याण्डभन्दा मोबाइल डाटाको मूल्य नेपालमा सस्तो रहेको छ ।

laxmi

यो सूचीमा इजरायल संसारको सबैभन्दा सस्तो मोबाइल डाटा उपलब्ध गराउने देश बनेको छ । केवलडट युकेका नुसार इजरायलमा एक जीबी मोबाइल डाटाको लागि मात्र ०.०२ डलर अर्थात् करिब ३ रुपैयाँ खर्च गर्नुपर्छ । यसको मतलब भारतमा प्रत्येक एक जीबी मोबाइल डाटाको लागि गर्ने खर्चले इजरायलमा आठ जीबी डाटा उपलब्ध हुन्छ ।

सस्तो मोबाइल डाटा उपलब्ध हुने देशहरुमध्ये भारत विश्वका शीर्ष पाँच देशहरूमा पर्छ । तर भारतको तुलनामा पाकिस्तानमा मोबाइल डाटा सस्तो छ । भारतमा एक जीबी मोबाइल डाटाको मूल्य ४०.१६ डलर अर्थात् करिब २० रुपैयाँ छ । जहाँ छिमेकी देश पाकिस्तानमा एक जीबी मोबाइल डाटा ०.१२ डलर अर्थात १६ रुपैयाँमा प्राप्त हुन्छ ।

पाकिस्तान र इजरायलबाहेक इटालीमा मोबाइल डाटाको मूल्य पनि भारतको तुलनामा सस्तो छ । इटालीमा एक जीबी मोबाइल डाटाको मूल्य ४०.०९ अर्थात रु ७.४७ छ । सस्तो डाटाको हिसाबले भारतपछि फ्रान्स, बंगलादेश, रुस, युक्रेन, उरुग्वे, इन्डोनेसिया, मलेसिया र चीन छन् । बंगलादेशमा एक जीबी मोबाइल डाटाको मूल्य ०.२३ डलर छ भने चीनमा ०.३८ डलर छ । नाइजेरिया, ब्राजिल, टर्की, अष्ट्रेलिया र स्पेनमा एक जीबी मोबाइल डाटाको लागत ४०.५० भन्दा कम छ । त्यस्तै, अस्ट्रिया, बेलायत, चिली, इजिप्ट र डेनमार्कमा एक जीबी मोबाइल डाटाको मूल्य एक डलरभन्दा कम छ ।

केवलडट युकेका अनुसार सबैभन्दा महँगो डाटा अफ्रिकी देश जिम्वावेमा रहेको छ । जहाँ १ १ जीबी मोबाइल डाटाको मूल्य ४३.७५ डलर पर्छ । यस्तै अर्जेन्टिना नजिकै रहेको बेलायती नियन्त्रित देश फकल्याण्ड टापुमा १ जीबी मोबाइल डाटाको मूल्य विश्वमा सबैभन्दा दोश्रो बढी पर्छ । जहाँ तपाईंले त्यहाँ एक जीबी मोबाइल डाटाको लागि ४०.५८ डलर खर्च गर्नुपर्छ ।

यो सूचीमा स्विजरल्याण्ड दोस्रो स्थानमा छ । युरोपको खेल मैदान भनिने यो देशमा एक जीबी मोबाइल डाटाको औसत मूल्य ७.२९ डलर छ । अमेरिकामा यसको मूल्य ६ डलर छ भने क्यानडामा ५.३७ डलर छ । दक्षिण कोरियामा एक जीबी मोबाइल डाटाको मूल्य ५.०१ डलर, युएईमा ४.६१ डलर, नर्वेमा ४.०७, जापानमा ३.४८, स्वीडेनमा २.३३, जर्मनीमा २.१४, मेक्सिकोमा २.०३, दक्षिण अफ्रिकामा १.८१ डलर र पोर्चुगलमा १.७९ डलर छ ।

प्रतिक्रिया दिनुहोस्
MBL