Logo

यी तीन लघुवित्तले पालना गरेनन् नियम, राष्ट्र बैंकले गर्यो यस्तो कारबाही

यी तीन लघुवित्तले पालना गरेनन् नियम, राष्ट्र बैंकले गर्यो यस्तो कारबाही



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँला तीन लघुवित्त वित्तीय कम्पनीले राष्ट्र बैंकको नियम तोडेका छन । राष्ट्र बैंकका अनुसार सुपर लघुवित्त, श्रृजनशिल र समाज लघुवित्तले नियम तोडेका हुन ।

laxmi

राष्ट्र बैंकले सिर्जनशील लघुवित्त र सुपर लघुवित्त वित्तीय संस्थालाई पुँजी कोष नपुर्याको कारण कारबाही गरको हो । लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकको नियम अनुसार कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेको छ । तर, चालु आर्थिक वर्षको ६ महिनामा सुपर र श्रृजनशिल लघुवित्तको पुँजीकोष ८ प्रतिशत भन्दा कम रहेको छ । सो कारण राष्ट्र बैंकले यी दुई कम्पनीलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ बमोजिमको कारवाही गरिएको कारबाही गरिने जनाएको छ । यसैगरी, सुपर लघुवित्तले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था पनि उल्लघन गरेको छ । उक्त नियम उल्लघन गर्नेमा समाज लघुवित्त पनि परेको छ ।

राष्ट्र बैंकको कुल बचत दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने नियम रहेको छ । तर, चालु आवको पुस मसान्तसमा २ लघुवित्तले उक्त व्यवस्था पालना गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL