Logo

जहाजका यात्रुको लगेज अवतरण गरेको ३० मिनेटभित्र उपलब्ध हुनैपर्ने, सरकारले दियो एयरलाइन्सलाई कडा निर्देशन

जहाजका यात्रुको लगेज अवतरण गरेको ३० मिनेटभित्र उपलब्ध हुनैपर्ने, सरकारले दियो एयरलाइन्सलाई कडा निर्देशन



काठमाडौं । नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले उडानहरू अवतरण गरेपछि यात्रुहरूले आफ्नो लगेज (चेक–इन सामान) प्राप्त गर्नमा ढिलाइबारे कडा निर्देशन दिएको छ । भारतयि सरकारले सात भारतीय एयरलाइन्सलाई यात्रुले १० देखि ३० मिनेटभित्र आफ्नो दर्ता गरिएको सामान बुझाउन निर्देशन दिएको हो ।

laxmi

यसका लागि १० दिनको समय दिँदै बीसीएएसले फ्रेबुअरी २६ सम्म निर्देशन पालना गर्न निर्देशन दिएको छ । यसपछि पनि एयरलाइन्सले सुधार नगरे कडा कारबाही गरिने छ । बीसीएएसले यस सम्बन्धमा निर्देशन जारी गर्न पत्र पठाइएका सात एयरलाइन्समा एयर इण्डिया, इन्डिगो, आकासा, स्पाइसजेट, विस्तारा, एयर इन्डिया एक्सप्रेस कनेक्ट र एयर इन्डिया एक्सप्रेस समावेश छन् ।

सञ्चालन, व्यवस्थापन र डेलिभरी सम्झौता (ओएमडीए) नियमहरू उद्धृत गर्दै अधिकारीहरूले सेवा गुणस्तर सम्झौताअन्तर्गत उडानको इन्जिन बन्द भएपछि उडान अवतरण गरेपछि चेक–इन गरिएको लगेज बन्द प्राप्त गर्नु आवश्यक रहेको बताएका छन् । यात्रुहरूले १० मिनेट देखि ३० मिनेटभित्र सामान प्राप्त गर्नुपर्छ । तर, केही समययता वायुसेवा कम्पनीहरूले यस विषयमा लापरवाही गरिरहेका थिए ।

यो लापरवाही सच्याउन दिशानिर्देश जारी गरिएको छ । यस मामिलामा, केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाको नेतृत्वमा बीसीएएसले यस वर्ष जनवरीदेखि छवटा प्रमुख एयरपोर्टहरूमा ब्यागेज प्रणालीको अनुगमन सुरु गरेको थियो । यसको पनि साप्ताहिक स्तरमा समीक्षा भइरहेको छ । सामान ढुवानी प्रणालीमा केही सुधार भएको देखिन्छ, तर अझै सुधार गर्न आवश्यक छ । जसले गर्दा यात्रुहरूले आफ्नो उडान अवतरण गरेको आधा घण्टाभित्रै लगेज प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL