Logo

एमजीका डिसि चार्जिङ स्टेशनहरूमा आजदेखि सेवा अवरूद्ध रहने, मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुँदै

एमजीका डिसि चार्जिङ स्टेशनहरूमा आजदेखि सेवा अवरूद्ध रहने, मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुँदै



काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि. ले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने भएको छ ।

laxmi

यस कार्यका लागि कम्पनीले फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जानकारी गराएको छ । मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने बताइएको छ । यस समयमा सबै ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरू अस्थायी रूपमा उपलब्ध हुने छैनन् ।

पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ स्टेशनको प्रयोग गर्न अनुरोध गर्नुका साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा व्यक्त गरेको छ । यो अन्तराल आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ ।

पारामाउन्ट मोटर्स यस मर्मतसम्भार अवधिमा आफ्ना ग्राहकहरूको बुझाइ र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ । यी सुधारहरूले अन्ततः एमजीसँगको अनुभवमा ठुलो योगदान पु¥याउने विश्वास कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL