Logo

लघुवित्तहरुको खराब कर्जा ६.८५ प्रतिशत पुग्यो, २१ वटा लघुवित्त ऋणात्मक अवस्थामा (विवरणसहित)

लघुवित्तहरुको खराब कर्जा ६.८५ प्रतिशत पुग्यो, २१ वटा लघुवित्त ऋणात्मक अवस्थामा (विवरणसहित)



काठमाडौं । लघुवित्तहरुको खराब कर्जा ६.८५ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म सञ्चालनमा रहेको ६५ लघुवित्तको खराब कर्जा औसत ६.५८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको अर्धवार्षिक वित्तीय अवस्था सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

laxmi

यसैगरी, चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा २१ वटा लघुवित्त वित्तीय संस्था ऋणात्मक रहेका छन्। चालु आवको ६ महिनामा ५६ वटा लघुवित्तको नाफा ९० करोड ७३ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा यी लघुवित्त कम्पनीको लगानी प्रतिफल क्षमता २.८३ प्रतिशत मात्र रहेको छ । चालु आवको ६ महिनासम्मको तथ्यांक हेर्दा सञ्चालनमा रहेका ६५ लघुवित्तले आफ्ना लगानीकर्तालाई २.८३ प्रतिशत मात्र लगानी प्रतिफल दिन सक्ने अवस्था रहेको छ ।

यसैगरी, यस अवधिसम्म लघुवित्त वित्तीय संस्थाले १४.७९ प्रतिशत आधार दर (बेसरेट) मा कर्जा लगानी गरिरहेका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई १५ प्रतिशतसम्म आधार दरमा कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर, लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल्लो आधार दरमा आफ्ना ऋणीलाई ऋण दिएका छन ।

यस अवधिमा ६५ संस्थाको धितोमा आधारित कर्जा कुल कर्जाको १९.७९ प्रतिशत रहेको छ । बाँकी कर्जा लघुवित्त कम्पनीले बिनाधितो नै लगानी गरेको पाइएको छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्म लघुवित्त वित्तीय संस्थाको पुँजी कोष अनुपात ११.३२ प्रतिशत रहेको छ । यस अवधिसम्म लघुवित्तमा २ अर्ब ७० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL