काठमाडौं । नेपाल बैंकर्स संघको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैंकिङ क्षेत्रका विभिन्न समस्याहरुलाई केन्द्रमा राखेर भएको उक्त बैठक शुक्रबार सम्पन्न गरिएको हो । बैठकमा बैंकका विविध समस्याहरुको समाधान गर्नका लागि अध्ययन समिति समेत गठन गरिएको छ । उक्त बैठकमा संघका अध्यक्ष भुवन दाहालले संघलाई बलियो बनाउन विधान संशोधन गर्ने बताएका छन्…