Logo

बिहीबार कुवेतबाट ३ सय नेपाली ल्याउँदै सरकार, कुवेतको जजिरा एयरलाईन्समार्फत नेपाल आउने

बिहीबार कुवेतबाट ३ सय नेपाली ल्याउँदै सरकार, कुवेतको जजिरा एयरलाईन्समार्फत नेपाल आउने



काठमाडौं । कोरोना भाईरसको महामारी फैलिए पछि सरकारले बिभिन्न मुलुकबाट २४ हजार नेपालीको उद्धार गर्ने सुची तयार भएसँगै कुवेतबाट ३ सय जना नेपाली ल्याउने तयारी गरेको छ ।

laxmi

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कुवेतबाट दुईओटा जहाजमा ३ सय जना नेपाली बिहीबार आउने भएका हुन । कुवेतका जजिर एयरलाईन्समार्फत उनीहरुलाई नेपाल ल्याउने तयारी भईरहेको क्षेत्रीले जानकारी दिएका हुन ।

कोरोना भाईरसको महामारी फैलिए पछि सरकारले बिभिन्न ३० ओटा मुलुकबाट २४ हजार नेपालीको तत्काल उद्धार गर्न सुची तयार गरि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई उक्त विवरण बुझाएको थियो । विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १ सय ४८ जना रहेको छ । सोही अनुसार तेस्रो चरणको उद्धार हुन लागेको क्षेत्रीको भनाई छ ।

सरकारले यस अघि म्यानमारबाट २६ जना र दुबईबाट १६८ जना नेपाली ल्याएको थियो । उनीहरुलाई सरकारले तयार पारेको बिभिन्न ‘होल्डिङ सेन्टरमा’ राखिनेछन । सरकारले खान र बस्न समस्या परेका, रोजगारी गुमाएका र कम्पनीले टिकट नदिएका तथा विभिन्न संकटमा परेकाहरुलाई सूचीमा समावेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL