Logo

संसदमा गगनलाई प्रमको उत्तर, ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर मैलेनै भन्दैछु सुन्नु भएन ?’

संसदमा गगनलाई प्रमको उत्तर, ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर मैलेनै भन्दैछु सुन्नु भएन ?’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर वैज्ञानिक वा डाक्टरले नभई आफै भनेको बताएका छन् ।

laxmi

प्रतिनिधिसभामा सांसदले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेरे कसले भन्यो भनेर सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नेपालीहरुको रोक प्रतिरोधात्मक क्षमता बढी छ भनेरे मैले भर्खरै भन्दैछु सुन्नु भएन ?’

बुधबार जारी प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद गगन थापाले कुन डाक्टर वा बैज्ञानिकले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्यो भनेर प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ दिँदै प्रम ओलीले यसको जानकार मै हुँ अहिले मैले नै भने सुन्नु भएन भन्ने जवाफ दिएका हुन् ।

नेपालीले सेवन गर्ने हरेक क्षेत्रमा जडिबुटीयोग्य खानाहरु भएको भन्दै उनले नेपालीको रोग प्रतिरोधी क्षमता बढी भएको बताएका हुन । हरेक नेपालीको भान्सामा बेसार, जिरा, धनिया, लसुन, अदुवाजस्ता रोग प्रतिरोधात्मक क्षमता बढी हुने बस्तुहरु दिनहुँ प्रयोग हुने भन्दै नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी हुनु स्वभाविक भएको जानकारी दिए ।

साथै नेपालीका आहार, व्याम र निन्द्रा समेत राम्रो हुने भएकाले यस विषयमा समेत ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL