Logo

चुप्प लागेर बस्ने राष्ट्रपतिलाई खेदो खन्ने काम भयो, मिडियाको उद्देश्य नै देखियो : प्रम ओली

चुप्प लागेर बस्ने राष्ट्रपतिलाई खेदो खन्ने काम भयो, मिडियाको उद्देश्य नै देखियो : प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद तथा मिडियालाई अर्काको खेदो खन्न तिर नलाग्न आह्वान गरेका छ ।

laxmi

विनियोजन विधेयकमाथिको प्रश्नोत्तरमा भाग लिँदै उनले सञ्चारमाध्यमसहित केही व्यक्तिले राष्ट्रपतिलाई सबै कुरामा खेदो खन्न लागिएको बताएका हुन ।

उनले चुप्प लागेर बसेकी राष्ट्रपतिलाई सबैले कार्पेट हाल्यो, चौरी हरियाली बनायो भनेर खेदो खन्ने गरेको बताए । उनले उनले गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरिएको स्पष्ट पारेका हुन ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति निवासको प्रयोजनका लागि किनिएको सामग्रीको विरोध प्रकारान्तरले गणतन्त्रकै विरोध भएको टिप्पणी गरे । उनले यस्तो कुरामा हौसिन नहुनेमा सांसदहरुलाई आवह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL