Logo

प्रधानमन्त्रीले भने-कहिले विशाल ग्रुप र कहिले ओम्नीको नाम जोडेर सरकारको बदनाम गरियो, प्रमाण के छ ?

प्रधानमन्त्रीले भने-कहिले विशाल ग्रुप र कहिले ओम्नीको नाम जोडेर सरकारको बदनाम गरियो, प्रमाण के छ ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै तथ्य प्रमाण बिना नै विशाल ग्रुप, ओम्नी लगायतसँग सरकारलाई जोडेर सरकारको बदनाम गरिएको बताएका छन् । ओलीले यस्ता विषयमा चर्चा गर्नुभन्दा पहिले तथ्य र प्रमाण पेश गर्नुपर्ने बताए

laxmi

बुधबार प्रतिनिधिसभा संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पुरक प्रश्न सोध्दै विशाल ग्रुपसँग मिलेमतोमा चकलेटको भन्सार छुट गरेको हो ? भन्ने प्रश्न गरेका थिए। सिंहले ‘अहिले बाहिर विशाल ग्रुप र सरकारको मिलेमतोमा चकलेटमा भन्सार छुट र विद्युतीय गाडीमा भन्सार बढाइयो, के हो ?’ भन्दै प्रशन गरेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कहिले विशाल ग्रुप त कहिले ओम्नीको चर्चा सुन्ने गरेको बताए । ‘कहिले विशाल ग्रुप भन्ने। कहिले ओम्नी, कहिले कसको चर्चा गर्‍या त सुन्छु। मैले पटक(पटक भन्ने गरेको छु, जथाभावी नै बोल्ने हो भने बेग्लै कुरा भो। जसलाई मुख छाडे पनि सन्तोष हुन्छ भने बेग्लै कुरा भो,’ उनले भने, ‘नत्र भने कहिले कोबाट सञ्चालित छ ओम्नी ग्रुप, कहिले के भनेर बोलेको छ।’

प्रधानमन्त्रीले थपे, ‘कहिले विशाल ग्रुपको साँठगाँठबाट भन्ने गरेको छ। यस्तो कुरा हामी सांसदजस्तो जनप्रतिनिधिले बोल्दा तथ्य प्रमाणका आधारमा बोल्नुपर्छ।’ उनले कहीँ कुनै प्रकारको अनियमितता पाइए छानबिन गर्ने र दण्डित हुने पनि बताउँदै भने–‘बेठीक कुरा सैह्य हुन्न । अनियमित र भ्रष्ट कुरा यो सरकारले सुन्दैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL