काठमाडौं । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढेको छ । अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम अघि बढिरहेको छ । पोखरीको ४६ प्रतिशत काम सकिएको छ । पोखरीको सौन्दर्यकरणको काम २२ प्रतिशत सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ…