Logo

स्वास्थ्य सामग्री लिन हिमालय एयरलाईन्स चीन उड्यो, श्री एयरलाइन्स यात्रु लिएर दिल्ली उड्यो

स्वास्थ्य सामग्री लिन हिमालय एयरलाईन्स चीन उड्यो, श्री एयरलाइन्स यात्रु लिएर दिल्ली उड्यो



काठमाडौं । बुधबार बिहान हिमालय एयरलाइन्सको जहाज चीनको चाङशा उडेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार स्वास्थ्य सामग्री लिन कम्पनीको जहाज चाङशा उडान गरेको हो ।

सो जहाज स्वास्थ्य सामग्री लिएर बुधबार साँझ काठमाडौं आइपुग्ने छ । पछिल्लो समयमा प्राधिकरणले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाए पनि हवाई कम्पनीहरुले परराष्ट्र मन्त्रालयमार्फत विशेष अनुमति लिएर उडान गरिरहेको छ ।

यसैबीच श्री एयरलाइन्सको जहाज भारतको दिल्ली उडान गरेको छ । श्री एयरलाईन्सले १५ जना भारतीय नागरिक लिएर दिल्लीको लागि उडान गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL